आधालाख बुझाएपछि मात्रै कांग्रेस संसदीय दलको उमेद्वार बन्न पाइने

काठमाडौं l नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ता शुल्क तोकेको हो।

यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिए। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।

Advertisement

उम्मेदवारमाथि दाबी विरोधका लागि मंगलबार नै बिहान ११ देखि साढे ११ बजेसम्मको समय दिइएको छ। कांग्रेसमा सभापति शेरबहादुर देउवासहित झण्डै आधा दर्जन नेताले संसदीय दलको नेता बन्ने आकांक्षा राखेका छन्।

नाम फिर्ता लिनका लागि मंगलबार दिउँसो साढे १२ देखि साढे २ बजेसम्मको समय दिइएको छ।

More News last news
Loading...