काठमाडौं । नवनिर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ। एमालेबाट टिकट प्राप्त गरेपनि मनोनयनको क्रममा स्वतन्त्र उमेदवारी दिएर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका साहले नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको हो।
माओवादी र एमालेबिच एकता भई बनेको तत्कालिन नेकपाको सरकारका समयमा माओवादी छाडेर एमाले बन्नुभएका नेता साहको मधेश प्रदेशमा राम्रो पकड रहेको बताउदै अब आँफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारीमा लागेको बताउनुभएको हो।
सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले पनि नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
