भावी सरकार गठनका लागि सबै विकल्पहरू खुला गर्ने माओवादीको निर्णय

काठमाडाैं । सत्तागठबन्धनको घटक नेकपा माओवादी केन्द्रले भावी सरकार गठनको लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । चुनावी परिणामको समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार अपरान्ह बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकार गठनका लागि सबै विकल्पहरू खुला राख्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने गरी विकल्पहरू खुला राखिएको जानकारी दिनुभयो ।

Advertisement

महराले बैठकमा पार्टी पदाधिकारीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेको बताउनुभयो ।

भावी सरकारको नेतृत्व बारे सत्तागठबन्धनमा रस्साकस्सी चलिरहेको बेला माओवादी केन्द्रले नेकपा एमालेसहित अन्य दलहरुसँग समेत गठबन्धनको लागि खुला रहने निर्णय गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन दबाब दिने रणनीति लिएको छ ।

निर्वाचनको समग्र विषयमा समिक्षा गरेर अघि बढ्ने निर्णयको लागि भन्दै माओवादी केन्द्रले पुनःपदाधिकारी बैठक बोलाएको छ ।

More News last news
Loading...