बिहानदेखि अवरुद्ध बनेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गणना पुनः सुचारु भएको छ । निर्वाचन आयोगले कानुनी प्रक्रिया अनुसार नै गणना सुचारु गर्न निर्देशनसहितको पत्र पठाएपछि गणना सुरु भएको निर्वाचन अधिकृत उद्धविर नेपालीले बताए ।
निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालय बुटवललाई निर्देशन दिएको थियो । विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्न निर्देशन गरेको थियो । तर यता सत्ता गठबन्धनका दलहरूले पुनः मतदानको माग गरेपछि विवाद भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
