निर्वाचन प्रचारको समय घटाउँदा आचार संहिता उल्लंघन पनि घट्यो : आयोग

काठमाडाैं | निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसहितामा कडाइ गरेका कारण उल्लंघनका घट्ना कम भएको बताएका छन् । आयोग पहिले सुधारात्मक मोडलमा भए पनि यस निर्वाचनबाट दण्डात्मकरूपमा प्रस्तुत भएको उनले बताए ।

कतिपयले निर्वाचन आयोग उत्तेजित भएको आरोप लगाउने गरेको आरोप लगाउने गरेको भए पनि आचारसंहिता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको उनले बताए ।

Advertisement

निर्वाचन प्रचारको समयमा बढीमात्रामा निर्वाचन आचारसंहिता उल्लंघन हुने गरेको भन्दै उनले निर्वाचन प्रचारको समय घटाएको कारण अप्रिय घटना हुन नपाएको दावी गरे ।

‘प्रचारप्रसारको समय जम्मा १७ दिन दियौँ । यो अवधिमा झडप हुने नमिठो अवस्था सिर्जना हुने अवस्था यही हो । त्यो समयलाई नै छोट्याइदिएपछि त्यसरी आचारसंहिता उल्लंघन गर्ने, झडप हुने कम हुँदो रहेछ’, भण्डारीले भने ।

आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगमा प्राप्त भएको उनले बताए । त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको र त्यसमध्ये ९ वटामा भने आचारसंहीता उल्लंघन भएको निर्णय भएको उनले बताए ।

अर्का निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सुरक्षाका दृष्टिकोणले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरु पहिचान गर्नुपर्ने बताए । विगतको निर्वाचनमा हुलदंगा भए/नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उनको भनाइ छ । चुनावको मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने पौड्यालले बताए ।

More News last news
Loading...