डेंगी संक्रमणबाट ४८ जनाको ज्यान गयो, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं । यसवर्ष साउनयता डेंगी संक्रमणबाट ज्यान गयोको संख्या ४८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २९ गतेसम्म ४८ जनाको ज्यान गएको हो ।

यसबीचमा संक्रमितको संख्या ४० हजार २९ र ज्यान गुमाउनेको संख्या ४८ पुगेको महाशाखाको तथ्यांक छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ ।

Advertisement

उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ।

महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । महाशाखाको तथ्यांकमा आईनपुगेका संक्रमितको संख्या समुदाय स्तरमा अझै ५ गुणा बढी हुनसक्ने विज्ञहरूको आकलन छ ।

काठमाडौं उपत्यकाबासी अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउनुहुन्छ ।

More News last news
Loading...