काठमाडाैं । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।
आइतवार र सोमवार गरी निर्धारित २ दिनमा ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार ६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै बन्दसूची दर्ता गराएका हुन् । प्रदेश सभा सदस्यका लागि पनि आइतवार र सोमवार नै बन्दसूची दर्ता भएको छ ।
आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।
दलहरूले सोमवार अबेर रातिसम्म समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगले दिएको समय सोमवार नै सकिएको भएपनि साँझ ५ बजे आयोग पुगेका दलहरुको बन्दसूची दर्ता प्रक्रिया रातिसम्म चलाइएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
