काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप एक सय ३० जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९९ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
