काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ५८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १०४ जनामा संक्रमण देखिएको थियो ।
त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४१ संक्रमित थपिएका हुन् । यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ३२ जना छन् ।
यस्तै, ललितपुरमा आठ र भक्तपुरमा एक संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौंपछि सबैभन्दा बढी चितवनमा १९ संक्रमित थपिएका छन् ।
यो अवधिमा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २०१ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
