काठमाडौँ । नेपाली काँग्रेस रोल्पाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका आचार्यलाई कांग्रेस जिल्ला कार्यसमितिले रोल्पा प्रदेश सभा (क) सदस्यका लागि केन्द्रमा सिफारिस गरेको हो ।
कांग्रेसको शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक उमेद्वार हुन इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अमरसिंह पुन, टेकबहादुर बस्नेत र शब्कबहादुर छन्त्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सुरेन्द्र हमाल र भिमकुमारी बुढामगरको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा ‘क’ मा मनोजमणि आचार्यसहित प्रत्यक्षतर्फ मानबहादुर खत्री, दुर्गाबहादुर खड्का, चन्द्र प्रकाश आचार्य, भिमकला बुढाथोकी, पुष्पा श्रेष्ठ र नुर्ज बहादुर खड्का सिफारिस भएका छन् ।
सोही क्षेत्रमा समानुपातिकतर्फ माधबप्रसाद आचार्य, मानबहादुर खत्री, देवा आचार्य, श्रीकुमारी रोका, महेन्द्र पुन, हुमादेबी भण्डारी, तिजा बिष्ट, सिमबहादुर बिष्ट, इन्द्र बहादुर खत्री, मनिकला राणा र लालकुमारी वलीपुन सिफारिस भएका हुन् ।
यस्तै, कांग्रेस रोेल्पाले प्रदेश सभा ‘ख’ प्रत्यक्षतर्फ अमरसिंह पुनको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ गोपाल घर्ती र रती कामीको नाम सिफारिस गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
