एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन्।

उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ। नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता वा एउटै चुनाव चिन्हको घोषणा गर्ने छैनन् ।

Advertisement

यसको कारण हो सिट बाँडफाँटमा काँग्रेसले दुई दललाई घटाइदिने सम्भावना । सिट बाँडफाँटको टुंगो लाग्नेवित्तिकै प्रचण्ड र माधव नेपालले चुनाव चिन्हमा पनि टुंगो लगाउने गरी रणनीति बनाएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार कलम चिन्हमा माओवादी र एसका उम्मेदवारहरु चुनाव लड्ने सम्भावना देखिएको छ। गठबन्धनमा माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५० र एसले ३० सिटको दाबी गरिरहेको छ।

माओवादी ४५ र एस २५ सिटमा सहमति गरेर चुनावमा जाने रणनीतिका साथ प्रस्तुत भएका छन्।

More News last news
Loading...