देशभर आज थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ निको

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ५४२ जनामा संक्रमण पुष्टि भएको हो हो ।

Advertisement

पछिल्लो सोही अवधिमा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना रहेको छ ।

More News last news
Loading...