गठबन्धनले सातै प्रदेशमा सभा नगर्ने, वैशाख २३ मा काठमाडौंमा

काठमाडौं l सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन भएको छ ।

नेपाली कांग्रसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो ।

Advertisement

सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ। अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरि कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको छ।

More News last news
Loading...