गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका एमाले नेता रामप्रसाद पन्त नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी, बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए ।
अध्यक्ष भण्डारीका अनुसार सिङ्गो इस्मा गाउँपालिकामा प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ।
पन्त सुरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य थिए । नेकपा हुँदा पार्टी प्रवेश गरेका उनी नेकपा फुटे पछि एमालेमा रहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
