भूलेर पनि नफ्याक्नुहोस् चौलानी पानी, मिल्नेछ नसोचेको यी फाइदा

काठमाडौँ । चौलानीलाई मानिसहरू बेकार कुरा ठानेर फ्याँकिदिन्छन् तर स्वास्थ्यका लागि यो रामवाण हो।

चौलानीमा सबै आवश्यक पोषक तत्त्वहरू भरपूर हुन्छन्। यसको सेवनले तौल घटाउन सहयोग गर्छ अनि रक्तचाप पनि नियन्त्रणमा राख्छ। यहाँ हामी चौलानीका केही फाइदाका बारेमा कुरा गर्नेछौं।

Advertisement

तौल घटाउँछ
चौलानी पिउँदा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि नियन्त्रणमा रहन्छ जसले गर्दा तौल घटाउन सहज हुन्छ।

पाचन प्रक्रियामा सुधार
दिनदिनै चौलानी पिउँदा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन्। तिनले पाचन प्रक्रियालाई चुस्त बनाउँछन्। अझ चौलानीमा कागतीपानी मिसाउँदा कब्जियतको समस्या भाग्छ।

ऊर्जा बढाउँछ
चामलमा कार्बोहाइड्रेड भरपूर हुनाले चौलानी पिउँदा शरीरमा दिनभरि ऊर्जा रहन्छ । बिहान एक गिलास चौलानी अवश्य पिउनुस् । त्यसमा अलिकति मह राखेर पिउँदा झनै राम्रो।

ज्वरो भगाउँछ
भाइरल इन्फेक्सन वा ज्वरो आउँदा एक गिलास चौलानीमा मरिच राखेर पिउनुस् । छिटो ठीक हुनुहुनेछ।

शरीरमा पानीको कमी हुन दिँदैन
चौलानीले शरीरलाई सबै आवश्यक पोषक पदार्थ दिन्छ र पानीको कमी पनि हुन दिँदैन । त्यसमा दूधको तर मिसाएर खाए हुन्छ ।

रक्तचाप नियन्त्रण
उक्त रक्तचापको समस्या छ भने दिनदिनै एक गिलास चौलानी पिउनुस् । त्यसमा भएको सोडियम भएकाले उच्च रक्तचाप र हाइपरटेन्सनमा फाइदा गर्छ।

हाड बलियो
आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुन्छ । यसरी पिइरहँदा बुढेसकालमा जोर्नी दुख्ने समस्या हुँदैन।

चम्किलो छाला
दिनदिनै चौलानी पिउँदा छाला चम्किलो हुन्छ। चौलानीले अनुहार धोए पनि हुन्छ। यसले पिम्पल, चाउरी र आँखामुनि कालो जस्ता समस्या पनि भगाउँछ।

कपाल झर्न रोक्छ
चौलानी पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसले तालुलाई सबै पोषक तत्त्व दिलाउने हुँदा कपालको जरा बलियो हुन्छ।

More News last news
Loading...