काठमाडौं l आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।
मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।
‘त्यस नीति अनुसार महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा रहेको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ’ बैठकबारे जानकारी दिँदै श्रेष्ठले भने ।
यस्तै, एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन्। भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
