खाली पेटमा यो चीज खानुहोस्, केही दिनमै देख्नुहुनेछ यी चमत्कारी लाभ

काठमाडौँ । अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। साथसाथै यसमा एन्टिअक्सीडेन्ट गुण पनि हुने गर्छ। त्यसैले अमलालाई इम्युनिटी सिस्टम बलियो बनाउनमा निकै प्रभावकारी मानिने गरिन्छ। यसले शरीरमा हुने चिसो, ज्वोरो र पटक पटक हुने संक्रमणबाट बचाउनमा निकै लाभदायिक हुने गर्छ।

शरीरमा यदी रगतको कमी भयो भने अमलाको जामले यसको समस्या हटाउन सक्छ। किनकी अमलामा भरपुर मात्रामा आइरन पाइन्छ। यस्तो अवस्थामा अमलाको जामले औषधि जस्तै काम गर्छ। भन्ने गरिन्छ, यदी गर्भवती महिलाले हरेक दिन एउटा अमला खाँदा आमा र बच्चा दुबैका लागि लाभदायिक हुने चिकित्सक बताउँछन्।

Advertisement

अमलामा मिश्रीत तत्वका साथसाथ क्रोमियम पनि पाइने गर्छ। यसले रगतमा बढेको कोलेस्ट्रोल कम गर्नमा मद्दत गर्छ। साथै साथै रक्तनलीमा देखिएको समस्यालाई पनि हटाउन सहयोग गर्छ। अमला हृदयसम्बन्धी रोगका बिरामीका लागि निकै लाभदायिक हुने गर्छ।

यदी तपाई कब्जितको समस्याबाट हैरान हुनुभएको छ भने अमला वा अमलाको जाम अमृत समान हुनसक्छ । यसमा फाइबर पाइने गर्छ। जसले ग्यास्ट्रिकको समस्याबाट छुटकारा समेत दिलाउने गर्छ। यसको नियमित सेवनले पाचन तन्त्र पनि बलियो हुने गर्छ।

अमलामा भिटामिन ए, भिटामिन सी र भिटामिन ई भरपूर मात्रामा पाइन्छ। जवानीमै बुढोपनको समस्या छ भने पनि अमला निकै लाभदायिक हुने गर्छ। अमलाले छालालाई टाइट गर्नमा सहयोग गर्नुका साथसाथ चाउरीपना हटाउन मद्दत गर्छ। साथै अनुहारमा देखिएका दागधब्बा र कालो कोठी हटाउन पनि अमला निकै लाभदायिक मानिन्छ।

नयाँ पुस्ता डटकमका लागि टिभी नाइन हिन्दीबाट नेपालीमा अनुवाद गरिएको सामाग्री

More News last news
Loading...