काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) श्वासप्रश्वास तन्त्रको एक संक्रमण हो । यसले मानव शरीरमा हमला गर्दा कयौँ जटिलताको जन्म दिने गर्छ। यो संक्रमण निको भएपनि विभिन्न समस्यालाई जन्म दिने गर्छ। कोरोना भाइरसको सुपर स्प्रेडर भेरियन्ट ओमिक्रोन शरीरमा तिब्र रुपमा फैलिने मात्र हैन यसले शरीरमा कयौँ प्रकारको नोक्सान समेत पुर्याएको छ।
पछिल्लो समय गरिएको एक अध्ययनले कोरोना भाइरसको संक्रमण निको भएपछि पनि देखिएका विभिन्न लक्षणका बारेमा बताएको छ।
नाक बन्द हुनु, घाँटीमा समस्या आउनु, टाउको दुख्नु, ज्वोरो आउनु जस्ता लक्षण कोरोनासँग जोडिएका छन्। यस्ता लक्षण महिनाभरी देखिने गर्छन्। यस्ता केही लक्षण कोरोना भाइरस निको भएका व्यक्तिको शरीरको छालामा पनि देखिने गरेको अध्ययनले जनाएको छ। तर यस्ता लक्षणतिर मानिसले खासै ध्यान दिएको पाइदैन्। आउनुहोस् जानौँ कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन निको भएका व्यक्तिको छालामा देखिएका ४ लक्षणका बारेमाः
खुट्टाको औला चिलाउनु
कोरोनाको असर खुट्टाको औलामा समेत देखिन सक्छ। यसको असरले खुट्टाको औला भेन्टा रङ्को वा रातो हुने गर्छ। साथसाथै चिलाउने समस्या पनि देखिन थाल्छ। केही केही व्यक्तिमा भने चिलाउनुको साथसाथै खुट्टाको औलाको छाला समेत जाने समस्या देखिने गर्छ। चिलाउने समस्यासँगै दुख्ने समस्या पनि देखिने अध्ययनकर्ताले बताएका छन्।
अमेरिकन एकेडेमी अफ डर्मेछोलोजी एसोसिएशनको रिर्पोट अनुसार ओमिक्रोन निको भएका व्यक्तिको छालामा पनि विभिन्न समस्या देखिने गर्छ। खुट्टाको औला चिलाउनुका साथसाथ छाला जाने, दुख्ने, रातो हुने जस्ता समस्या बिरामी निको भएका व्यक्तिमा समेत देखिने गर्छन्।
एलर्जी हुनु
यदी तपाईको शरीरमा कुनै किसिमको एलर्जी भयो भने पित्त (रातो रातो फोका आउनु) आउन थाल्छ। छाला विशेषज्ञका अनुसार कोरोनाका बिरामीमा पित्त जस्तै देखिने फोका आउने गर्छ। यदी तपाईको छालामा कुनै एलर्जी नहुँदा पनि पित्त जस्तै दाना देखिए भने बुझ्नुहोस् तपाई कोरोना भाइरसको शिकार भइसक्नुभएको छ।
छालामा सुख्खापन आउनु
कयौँ स्वास्थ्य समस्या छालालाई सुख्खा राख्नमा जिम्मेवार हुने गर्छन्। तर केही बिरामीलाई भने छालामा सुख्खापन आउनु कोरोनासँग जोडिएर हेरिएको छ। विशेषज्ञका अनुसार कोरोना संक्रमण निको भएको हप्तौसम्म पनि छालामा सुख्खापन आउने समस्या देखिने गर्छ। यो लक्षण कोरोना निको भएपनि बिरामीमा लामो समयसम्म रहन्छ।
ओठ फुट्नु
जाडो मौसममा ओठ फुट्नु आम समस्या हो। तर कोरोना भाइरसको लक्षण चिसोमा देखिने लक्षणभन्दा अल्लि बढी नै हुने गर्छ। यदी तपाईको ओठ फुटिरहेको छ र निको नभइ निकै दर्द भइरहेको छ भने तपाईमा कोरोना संक्रमण भएर निको भएको भन्ने बुझ्न सकिन्छ।
छालामा देखिने कोरोनाका अन्य लक्षण
विशेषज्ञका अनुसार कोरोना संक्रमित व्यक्तिको छालामा एलर्जीदेखि राता राता बिबिरासम्मका विभिन्न समस्या देखिने गर्छन्। यस्तो समस्या देखियो भने कोरोना संक्रमण निको भएपनि यस्ता समस्यालाई नजरअन्दाज गर्न मिल्दैन्। यस्तो समस्या देखिए तुरुन्त विशेषज्ञसँग सल्लाह लिनु राम्रो मानिन्छ।
कोरोना संक्रमित निको हुने व्यक्तिमा छालामा यस्ता समस्या बाहेक थकान हुनु, टाउको दुख्नु, नाकबाट पातलो सिगान बग्नु, घाँटीमा समस्या देखिनु, स्वाद र गन्धमा कमी आउनुजस्ता लक्षण लामो समयसम्म देखिने गर्छन्। कोरोना निको भएपनि यस्ता समस्या देखियो भने यसलाई लामो कोरोना संक्रमण भनिने गरिन्छ। यस्तो अवस्थामा तपाईले कोरोना रिर्पोट नेगेटिभ देखिएपनि यी स्वास्थ्य समस्याका बारेमा ध्यान दिन आवश्यक छ।
नयाँ पुस्ता डटकमका लागि नवभारत टाइम्सबाट नेपालीमा अनुवाद गरिएको सामाग्री
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
