काठमाडौँ । अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि सोमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए।
उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । ‘उहाँको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ,’ उनले भने, ‘अहिले क्याबिनमै राखिएको छ। अवस्था सामान्य छ।’
जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको भएपनि पिसिआर रिपोर्ट आउन भने बाँकी छ ।
अस्पतालले एक साता अक्सिजनमा राख्नुपर्ने बताएपछि जोशीलाई एक हप्ता अस्पतालमा राखिन लागिएको पारिवारिक स्रोतले जनाएको छ । जोशी गत वैशाख ३० गतेदेखि १०२ वर्षका भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
