पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गयो, १९५७ मा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४ जना र चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो।

Advertisement

योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ। पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ ।

विभिन्न जिल्लाबाट लागु औषधसहित पाँच जना पक्राउ

बुढानिलकण्ठ नगरपालिका कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी परेप५ि उनको कोठा तलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।

थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिकाका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको खुल्न आएपछि खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, पोखरा महानगरपालिका–३२ मजुवाबाट करिब चार केजी अवैध लागूऔषध गाँजासहित सोही महानगरपालिका–२६ सुन्दरीडाँडा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा४ख १०८० नम्बरको माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई लागूऔषधसहित फेला पारेको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका–४ ठाकुरापुरस्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो पाँच सय ३६ ट्याब्लेट र नाइट्राभेट ९० ट्याब्लेटसहित कपिलवस्तु नगरपालिका–७ धरमपनियाँ बस्ने २८ वर्षीय अफ्तर अलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.३३प ९३०६ नम्बरको मोटरसाइकललाई सीमा प्रहरी चौकी चाकरचौँडाबाट प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अलीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

नेपालगंज उपमहानगरपालिका–८ जोलाहान पुरुवाबाट करिब १९ ग्राम पाँच सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद अली कवाडियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो l

More News last news
Loading...