देशभर २४ घण्टामा १६ संक्रमितको ज्यान गयो, ८ हजार ४ सय बिरामी निको

काठमाडौँ । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

हालसम्म आठ लाख ९५ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ७३ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो।

भारतमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै

कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो ।

जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ । दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ ।

जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन् । तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन् ।

दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ, तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावघि एक घन्टा घटाइएकाे छ । त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ।

More News last news
Loading...