नेपालमा आज थप ५ हजार २९२ जनामा कोरोना पुष्टि, ८ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको ज्यान गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ। यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ७७२ संक्रमित थपिए

यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ।

More News last news
Loading...