काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १० जनाको मृत्यु भएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् ।
२४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
एकैदिन १० जनाको ज्यान गयो
पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमणबाट १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उपत्यकामा २ हजार ९४० संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै २३२, मोरङमा २१२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, झापामा ८६, बाँकीमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै,पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२/२२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
