काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ४६२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको हो।
१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो।
२४ घण्टामा ४ जनाको मृत्यु भएको छ। अघिल्लो दिन शनिबार भने १६ जनाको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन्। सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।
संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट
नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
