देशभर आज १० हजार २५४ जनामा कोरोना पुष्टि, १६ को ज्यान गयो

काठमाडौँ l पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

१४ हजार ४६२ पीसीआर परीक्षण हुँदा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा ७०८ जना निको भएका छन् ।

Advertisement

यो सँगै निको हुनेको स्ख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ लाख ९६ हजार ८५७ ले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

कोरोना संक्रमणबाट १६ जनाको मृत्यु

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । देशभरको विवरणअनुसार २४ घण्टाको अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो।

More News last news
Loading...