काठमाडौं l प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।
प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।
आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।
संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् ।
नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।
प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ
प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छl
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
