विश्वभर एकै दिन थपिए साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित

८ हजारको ज्यान गयो, साढे १६ लाख निको

काठमाडौँ । विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार थपिएका हुन् ।

Advertisement

यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् भने ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन् ।

त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा ११ हजार बढी संक्रमित थपिए : नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ।

कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।

More News last news
Loading...