नेपालमा माघ दोस्रो साता कोरोनाको तेस्रो लहर उत्कर्षमा पुग्ने प्रक्षेपण, दैनिक १९ हजार नाघ्ने

काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आँकलन गरेको हो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेद पेश गर्दै उक्त तथ्यांक सार्वजनिक गर्नु भएको हो ।

Advertisement

उहाँले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेश गर्नुभएको थियो । प्रक्षेपण अनुसार करिब ९ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिएको छ ।

त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिनेछ । यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने प्रक्षेपण गरिएको छ ।

डा. पौडेलका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको छ ।

प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको छ ।

यस्तै मन्त्रालयले नेपालका भारतसँग सीमा जोडिएका प्रदेशहरुमा भारतमा संक्रमण बढेसँगै संक्रमणमा वृद्धि देखिएको तथ्यांक पनि प्रस्तुत गरेको थियो ।

More News last news
Loading...