काठमाडौँ l पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ।
यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द
सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ। ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।
फिल्म हल, सपिङ मल र प्यार्टी प्यालेसमा पनि कडाई
सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ ।
साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
