काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।
जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २ लाख १० हजार ५ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा एकै दिन एक लाख ७९ जनामा संक्रमण
भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ।
दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ।संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ। १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
