उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चिन्ह प्रदान, कुन दलले के पाए ?

राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौं l निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।

निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ।

Advertisement

आयोगका अनुसार तिनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने जनाएको छ । त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ।

 उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह :

More News last news
Loading...