काठमाडौँ l नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै, थप २ सय २४ संक्रमित निको भएसँगै हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् भने ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाका मात्रै रहेका छन् । आज उपत्यकाका तीन जिल्लामा मात्रै ६ सय १५ जना संक्रमित थपिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
