यी हुन् कांग्रेसको केन्द्रीय सदस्य जित्ने ९ भाग्यमानी महिला, कसको मत कति ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सार्वजनिक भएको छ।

मतपरिणामअनुसार डा. डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा. आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

Advertisement

यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको समितिका सचिव केशव रिजालले जानकारी दिए।

पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ।

More News last news
Loading...