खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो, वौद्धिक नेताहरु पराजीत

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन्।

Advertisement

कांग्रेस केन्द्रीय सदस्यमा वौद्धिक नेताहरु पराजीत

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन्। आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए।

त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन्। ३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने गुन्डा नाइके गणेश लामा निर्वाचित भएका हुन्।

लामा विजयकुमार गच्छदार निकट हुन्। गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए। प्रा.डा तीर्थराज खनिया, डा सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी भएका हुन्।

More News last news
Loading...