‘अब म रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्न’

काठमाडौं । नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले आजबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छाडेकी छिन्। उनले पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको भन्दै अलग भएको घोषणा गरेकी हुन्।

‘रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले हामीसँग भनिन्,‘पौडेल र सशांक दुवैसँग नेपाली काँग्रेसलाई हाँक्ने क्षमता छैन ।’ उनले पौडेलको भूमिकामाथि समेत प्रश्न गर्दै सभापति बन्न नसक्ने ठोकुवा गरिन्।

Advertisement

काँग्रेस महामन्त्री डा. सशांक कोइरालाप्रति पनि सुजाताले आक्रोश पोखेकी छिन् । उनले कोइराला महामन्त्री भएर पनि कुनै क्षमता देखाउन नसकेको आरोप लगाइन् । सुजाताले भनिन्,‘महामन्त्री चलाउन नसक्नेले सभापति बन्छु भन्दा दुनियाँ हाँस्छ।’

महामन्त्री कोइराला कुनै हालतमा नेपाली काँग्रेसको सभापति बन्न नसक्ने सुजाताले ठोकुवा गरिन्। उनले भनिन्,‘रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना सभापतिका लागि योग्य छैनन् र हुन पनि सक्दैनन्।’

मन्त्रिमण्डलमा नाम नपरेपछि सुजाता कोइराला वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाप्रति असन्तुष्ट बनेकी हुन् । कोइरालाले मीनेन्द्र रिजालको नाम सिफारिश गरेपछि उनी झन् आक्रोशित बनेकी छिन्।

More News last news
Loading...