आज देशभर थपिए १ हजार ४३ कोरोना संक्रमित, १२ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६५ जनाको पीसीआर परीक्षणमा ८४९ र ४ हजार ३०० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९४ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८९१जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मंगलबार नेपालमा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोही अवधिमा १ हजार ११४ जना संक्रमणमुक्त भएका थिए भने ६ जनाको ज्यान गएको थियो ।

More News last news
Loading...