नेपालमा थप १०३० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन्।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २२६, कास्कीमा ८७, ललितपुरमा ६२, झापामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै मोरङमा ४३, भक्तपुरमा ३८, रुपन्देहीमा ३६, चितवनमा ३०, सुनसरीमा २३, कैलालीमा १९, नवलपरासी पुर्व, स्याङजा र बाँकेमा १०र१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...