काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी भएका छन् ।
हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने अवस्था आएको थियो।
दोस्रो चरणको निर्वाचनमा कान्छारामले मात्रै सभापति पदका लागि उम्मेदवारी दर्ता गरेर अन्यले दर्ता नगरेपछि उनी सभापतिमा निर्वोरोध विजयी भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा करिब १३८१ मत मध्ये पुर्ण बहादुर तमाङले ६६८, लबश्री न्यौपानेले ३५६ र कृष्ण बहादुर महतले ३२८ मत प्राप्त गरेका थिए। २९ मत बदर भएको थियो । तामाङ पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
न्यौपाने नेपाली काँग्रेस रामेछापका निवर्तमान सभापति हुन् भने महत यसअघिको महाधिवेशनमा न्यौपानेसँग सभापतिमा पराजीत उम्मेद्वार हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
