काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला अधिवेशन गरिएको रप्रपाले जनाएको छ।
राप्रपाका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ।
पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ।
पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
