एमालेले सर्वदलीय बैठक बहिष्कार गरेर राजनीतिक गतिरोध अन्त्य हुन्न : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले सर्वदलीय बैठक बहिष्कार गरेर राजनीतिक गतिरोध अन्त्य हुन नसक्ने टिप्पणी गरेका छन्।

बिहीबार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष एमाले अनुपस्थित भएको बिषयप्रति संकेत गर्दै उनले छलफलमै नबस्ने हठले कुनै समाधान नहुने बताएका हुन्।

Advertisement

सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा व्यक्त गर्दै उनले म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हुने बताएका छन्।

सर्वदलीय बैठक बहिष्कार गर्ने, संसद् अवरोध गर्ने, छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन।

म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हो उनले लेखेका छन्, संसद्को सर्वोच्चतालाई स्वीकार्ने नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ।

More News last news
Loading...