राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सोमवार बार साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति भण्डारीले सोमवार साँझ भदौ २ गते सरकारले जारी गरेको अध्यादेश खारेज गरेकी हुन्।

Advertisement

संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्ने प्रावधान छ।

ऐनमा भएको दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदीय दलमा ४०/४० प्रतिशत चाहिने प्रावधानलाई हटाएर सरकारले दुईमध्ये एकातिर मात्रै २० प्रतिशत भए पुग्ने गरी अध्यादेश जारी गरेको थियो। त्यही प्रावधानमा माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गरेका छन् ।

अध्यादेश फिर्ता लिएपछि मात्र सरकारमा सहभागी हुने उपेन्द्र यादव नेतृत्वको जसपाको अडानपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

अध्यादेश खारेज भएसँगै जसपालाइ सरकारमा सहभागी हुन सहज भएको छ। सम्भवतः जसपाले मंगलवार नै मन्त्रीको टुङ्गो लगाउने सम्भावना रहेको बताइएको छ।

More News last news
Loading...