काठमाडौं । आज प्रतिनिधिसभा बैठकको बस्दैछ । आज दिउँसो २ बजे बैठक बस्ने भएको हो। आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ।
लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
यता, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बिहीबार पुनः बस्दैछ । पार्टीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेपछि बस्नेछ ।
मंगलबारदेखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । यसअघि बुधबार बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ।
बैठकको दोस्रो दिन बुधबार उक्त प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझावसहित अध्यक्षको प्रतिवेदन पारित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्षको प्रतिवेदन पारित भएसँगै बैठक अन्य एजेण्डामा प्रवेश गरेको छ।
यस्तै, बैठकमा आएको सुझावमा अध्यक्ष नेपालले जवाफ दिदै जबजको सारभुत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको नेता खतिवडाले जानकारी दिए । आज समाजवादीले पार्टीको महासचिव छान्ने पार्टी स्रोतले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
