नेपालमा थप १ हजार ४७८ जनामा कोरोना पुष्टि, ६ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन्।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन्। जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन्।

More News last news
Loading...