काठमाडौँ काँग्रेस सभापतिमा पुनः उमेद्वारी दिने कृष्ण बानियाँ ‘सवुज’को घोषणा

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरिने बताएका छन्।

वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफुँ सभापतिमा लड्ने तयारीमा रहेको बताए।

Advertisement

काँग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले १४ औं महाधिवेशनमा सभपतिमा लड्ने घोषणा गरे । सर्वोच्च कमाण्डर गणेशमान सिंहको २५ औं स्मृती दिवसमा उम्मेद्वारी घोषणा गर्नु उपयुक्त भएको उनले बताएका हुन् ।

“सर्वोच्च लिडर गणेशमान सिंहको स्मृती दिवसनै उपयुक्त हो मैले उम्मेद्वारी घोषणा गर्ने,” बानियाँले भने–“म १४ औं महाधिवेशनबाट कार्यकाल पुनः अघि बढाउने तयारीमा छुँ।” आफूलाई केन्द्रीय नेतृत्व, आम पार्टीका विभिन्न तहका कार्यसमिति र कार्यकर्ताहरुले फेरी सभापति बन्ने सुझाव दिएको बानियाँको भनाइ छ ।

बानियाँले १३ औं महाधिवेशनमा तत्कालीन जिल्ला सभापति भिमशेनदास प्रधानलाई पराजित गरेर काठमाडौँ जिल्ला काँग्रेसको नेतृत्व सम्हाल्न पुगेका थिए। उनी नेता प्रकाशमान सिंह निकट नेता मानिन्छन् ।

More News last news
Loading...