काँग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ।

बैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो।

Advertisement

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिएका छन्।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् ।

काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन्। यसअघि काँग्रेसका ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

More News last news
Loading...