काठमाडौं । गृह मन्त्रालयले १५ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट १२ जिल्लाका सीडीओको सरुवा गरेको गरिएको हो।
त्यस्तै, ३ जना सीडीओलाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
त्यस्तै, गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ। पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ।
मोरङका सीडीओ कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् । दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ।
हेर्नुहोस् को कहाँ सरूवा भए ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
