बुधबार थपिए १७६० जना कोरोना संक्रमित, १२२० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधबार अपरान्ह दिएको जानकारीअनुसार १६ हजार आठ सय ४४ वटा नमुना परीक्षण गर्दा एक हजार सात सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा ४९५ जना

Advertisement

यस्तै बुधबार उपत्यकामा चार सय ९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ तीन सय ६० गरी कुल उपत्यकामा चार सय ९५ जना संक्रमित भेटिएका उनले जानकारी दिए । नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ ।

परीक्षण गरिएकामध्ये १० दशमलव ६ प्रतिशतमा संक्रमण

प्रवक्ता पौडेलका अनुसार कुल परीक्षण गरिएकामध्ये १० दशमलव ६ प्रतिशतमा संक्रमण देखिएको छ । सक्रिय संक्रमित २६ हजार तीन सय तीनजना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला ११ छन् ।

यस्तै उनका अनुसार पछिल्लो २४ घण्टामा एक हजार दुई सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४३ हजार पाँच सय २६ कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव २ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणबाट १० हजार नौ सय ९१ जनाको मृत्यु भएको छ । नेपालमा प्रति १० लाखमा तीन सय ७० जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै चार सय सातजना सघन उपचार कक्ष (आईसीयू), एक सय २९ जना भेन्टिलेटर, २४ हजार ६ सय ८३ जना होम आइसोलेसन, एक हजार ६ सय २४ जना संस्थागत आइसोलेसन र दुई सय १८ जना क्वारेन्टिनमा छन् ।

More News last news
Loading...