काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन्।
सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पारे।
‘तत्काल केही गर्नु परेका कारण अध्यादेश ल्याइएको हो । त्यसलाई खारेज नगर्दा दलहरु टुक्रिरहने र लोकतन्त्रनै खतरामा पर्ने भएकाले यसलाई खारेज गरेपछिमात्र मन्त्रिपरिषद विस्तार हुन्छ’, उनले भने।
सरकारले अध्यादेश संसदमा पेस गरिसकेको छ। सोही अध्यादेशका आधारमा एमाले र जसपा विभाजित भएका छन्।
अब जसपा विभाजनका लागि अहिलेको अध्यादेश कायमै रहँदा ४ जना सांसदले विद्रोह गरे पुग्छ। मन्त्री बन्न नपाउनेहरुले फेरि पार्टी फुटाउने त्रास यादवलाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
