काठमाडौँ । नेपालमा लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस संंक्रमण हुनेको दर बढ्न थालेको छ । केही दिनदेखि स्थिर रहेको संक्रमण दर आज (मंगलबार) भने बढेको हो । आज देशभर १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९५.२ प्रतिशत रहेको छ।
२४ घण्टामा ७६ जना संक्रमित, ३ बढी संक्रमितको ज्यान गयो
हिजो (सोमबार) को तुलनामा आज ७६ जना बढी मानिसमा संक्रमण देखिएको छ। हिजो सोमबार १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको थियो ।
यसैगरी, १२६० जना संक्रमित निको भएर घर फर्किएका थिए । संक्रमितमध्ये १६ जनाको ज्यान गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
