काँग्रेसका रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बेग्लै भेला बोलाएको छ। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पौडेल पक्षले भेला बोलाएको हो। बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुनेछ बताइएको छ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ।

Advertisement

यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए।

प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ।

भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन।

क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर छलफल गर्न लागिएको पौडेल निकट स्रोतले जनाएको छ। १४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

More News last news
Loading...